म्यानमारको सेनाले यसैवर्षको फेब्रुअरीमा निर्वाचित सरकारलाई सत्ताबाट हटाएको अप्रजातान्त्रिक कदमको विरोध गरिरहेको ‘नेशनल लिग फर डेमोक्रेसी’सहितका विपक्षी दलहरूको ठूलो समूहले शुक्रबार ‘मौन हडताल’ गरेको छ । हडतालका कारण देशभरका सहर र सहरका सडक खाली भएका बताइएको छ । एक स्थानीय निगरानी समूहलाई उद्धृत गर्दै एएफपीले जनाएअनुसार फेब्रुअरी विद्रोहदेखि दक्षिणपूर्वी एसियाली राष्ट्रमा गोलमाल मच्चिरहेको छ, अर्थतन्त्र…