देउवा विजयी बन्दा बढीमा एक कार्यकाल पर्खनुपर्ने, तर डा. शेखर विजयी बनेमा कम्तिमा दशदेखि बाह्र वर्षसम्म ‘कोइरालाकै राज’ कायम रहिरहने भएकोले पनि कोइराला पक्षीय नेताहरू गुप्त रूपले देउवाको ‘सहयोगी’ बन्ने सम्भावना प्रवल छ । नेपाली काङ्ग्रेसको चौधौँ महाधिवेशनमा नेतृत्व लिनका निम्ति निकै चर्को प्रतिष्पर्धाको स्थिति देखापरेको छ । महाधिवेशनले उपसभापति, महामन्त्री र सहमहामन्त्री जस्ता पदहरूको…