‘बिचौलिया’को संज्ञा दिएर समाचार छापेपछि ‘कान्तिपुर’लाई सातदिने पत्र !

आफूलाई ‘बिचौलिया’ संज्ञा दिएर झुठो समाचार प्रकाशित गरी चरित्रहत्या गरेको भन्दै सूचना प्रविधि क्षेत्रमा व्यवसाय गर्दै आएका दीपक तिमल्सिनाले कान्तिपुर दैनिक तथा सो अखबारका प्रधानसम्पादकविरुद्ध प्रेस काउन्सिल नेपालमा उजुरी दर्ता गराएका छन् । गत असोज २२ गते कान्तिपुरमा ‘२१औँ मन्त्री’ शीर्षक दिएर प्रकाशित समाचार झुठो तथा व्यक्तिगत मानमर्द्धन गर्ने दुर्उद्देश्यबाट प्रेरित भन्दै व्यवसायी तिमल्सिनाले काउन्सिलमा…