कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कांग्रेसलाई नेतृत्व सुम्पने सहमतिअनुसार पदबाट राजीनामाको घोषणा गरेका छन् । सोमबार प्रदेशबासीको नाममा सम्बोधन गर्दै मुख्यमन्त्री शाहीले राजीनामा घोषणा गरे । गत वैशाख २ गते नेपाली कांग्रेस र माओवादी केन्द्रबीच कर्णाली प्रदेशमा सरकार आलोपालो सञ्चालन गर्ने सहमति भएको थियो, जसअनुसार कात्तिक १५ गतेसम्म माओवादीले र त्यसपछि कांग्रेसले कर्णाली प्रदेश सरकारको…