प्रधानसेनापति शर्मा भारत भ्रमणमा जानुहुने

प्रधानसेनापति महारथी प्रभुराम शर्माले यही कात्तिक २३ देखि २६ गतेसम्म भारत भ्रमण गर्नुहुने भएको छ । भारतका सेनाध्यक्ष एमएम नरवणेको औपचारिक निमन्त्रणामा उहाँले भारत भ्रमण गर्न लाग्नुभएको हो । भारत भ्रमणका क्रममा उहाँलाई भारतीय राष्ट्रपतिबाट मानार्थ महारथी दर्जाबाट सम्मानित गरिने कार्यक्रम रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । महारथी शर्माले आफ्ना समकक्षी जनरल…