खानेपानी तथा ढल निकास कार्यालयका निमित्त प्रमुखमाथि दुर्व्यवहार आफ्नो दायित्वको काममा लापर्वाही गरी भ्रष्टाचार गरेको अभियोग लगाएर सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले खानेपानी तथा ढल निकास कार्यालयका निमित्त प्रमुख राजेश्वर कुशवाहालाई जनकपुरमा अर्द्धनग्न बनाएर बजार घुमाएका छन् । ढल निर्माण योजनामा भ्रष्टाचार गरेको भन्दै प्रमुख कुशवाहालाई अर्धनग्न बनाएर जमिनको हिलो दली उनीहरूले बजार घुमाएका…