हात्तीलाई जिउँदै आगो लगाएको आरोपमा तीन जना पक्राउ

जङ्गली हात्तीलाई जिउँदो अवस्थामा आगो लगाएको भिडियो भाइरल भएपछि जनावरहरूप्रति क्रूरता देखाएको आरोपमा श्रीलङ्काली प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। प्रहरीले ४२ देखि ५० वर्ष उमेर समूहका ती व्यक्तिलाई कोलम्बोबाट करिब २०० किलोमिटर उत्तरमा पर्ने अनुराधापुरा जिल्लाबाट नियन्त्रणमा लिएको जनाएको छ । वन्यजन्तु अधिकारीहरूले बताएअनुसार जनावरलाई आगो लगाउनुअघि पहिले गोली हानेर घाइते बनाइएको थियो ।…