अभियुक्तले पोर्चुगलमा आवासीय अनुमतिका लागि आवेदन दिएका थिए बैंकिङ तथा कीर्ते लिखत बनाई झण्डै तीन करोड कर्जा लिएको कसुरमा संलग्न रही फरार भएका एक व्यक्तिलाई पोर्चुगलबाट झिकाइ कारवाही प्रक्रिया अघि बढाइएको छ । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका-१ बस्ने ४३ वर्षीय केदार ढुङ्गानालाई इन्टरपोलको सहयोगमा झिकाइएको प्रहरीको केन्द्रय अनुसन्धान ब्युरोले जनाएको छ । उनलाई शनिबार काठमाडौं ल्याइएको…