नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिको बैठकले अध्यक्ष प्रचण्डले पेस गरेको राजनीतिक र विधान संशोधन प्रस्तावलाई पारित गरेको छ । शनिबार शुरु भएको केन्द्रीय समितिको बैठक आइतबार सम्पन्न भएको हो । पारित भएको प्रस्तावबमोजिम अब माओवादी केन्द्रको जिल्ला समितिहरू खारेज भएका छन् । संविधानको व्यवस्थाअनुसार अब सङ्घमा केन्द्रीय समिति, प्रदेशमा प्रदेश समिति र स्थानीय तहमा…