गल्ती गर्नेहरु मिल्न आए पार्टी एकताका लागि आफूले आममाफी दिने भनी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले घोषणा गरेलगत्तै माधवकुमार नेपालले आफू अब कुनै हालतमा एमालेमा नफर्किने संकेत गरेका छन् । कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको स्मृतिमा बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा मन्तव्य दिने क्रममा उनले अपमान सहेर पार्टीभित्र बस्न नसकिने, बरु कम्युनिष्ट आन्दोलनलाई…