माइक्रोसफ्टका अध्यक्षमा भारतीय मूलका नाडेला नियुक्त

विश्वचर्चित माइक्रोसफ्ट कार्पोरेसनका अध्यक्षमा भारतीय मूलका सत्य नाडेला नियुक्त भएका छन् । माइक्रोसफ्टका अध्यक्ष यसअघि जोन थमसन रहेका थिए भने नाडेल माइक्रोसफ्टको प्रमुख कार्यकारी अधिकृत (सिइओ) रहेका थिए । नाडेला सो चर्चित कम्पनीका अध्यक्षमा निर्विरोध निर्वाचित भएको कम्पनीले जनाएको छ । माइक्रोसफ्टका संस्थापक विल गेट्सले प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी गत सन् २००० मा त्यागेका थिए…