विदेशी हस्तक्षेपमा उत्सव मनाउनेहरू ‘हस्तक्षेप’विरुद्ध ?!

देवप्रकाश त्रिपाठी नगदी र पदीयबाहेक अन्य हैसियत र योग्यता पुष्टि हुन बाँकी पाँच राजनीतिजीवीले नेपालमा वैदेशिक हस्तक्षेप बढेको दाबीसहित आफूहरू विदेशी हस्तक्षेपका विरुद्ध एकतावद्ध भएको सार्वजनिक अभिव्यक्ति दिएपछि सिङ्गै मुलुक चकित परेको छ । शिवजीको गलामा बेरिएर बस्ने अवसर पाउँदा बिष्णु र ब्रह्माजीलाई समेत फूङ्कार छोड्ने सर्पले स्थान गुमेपछि दर्शाउने हरकत पाँच पूर्वप्रधानमन्त्रीहरूले देखाएपछि मुलुकबासीहरू…