प्रधानमन्त्री केपी ओली र प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाबीच भेटवार्ता भएको भनी केही अनलाइन न्युज पोर्टलले समाचार प्रकाशन गरेको प्रति सर्वोच्च अदालतले आफ्नो ध्यानाकर्षण भएको जनाउँदै उक्त समाचार भ्रामक भएको जनाएको छ । मंगलबार एक विज्ञप्ति सार्वजनिक गर्दै सर्वोच्च अदालतका सहप्रवक्ता देवेन्द्र ढकालले प्रधानमन्त्री र प्रधानन्यायाधीशबीच भेटवार्ता नभएको बताएका हुन् । उक्त समाचारप्रति आपत्तिका साथ समाचारमा…