हुम्लामा हिउँ छिचोल्दै सीमा क्षेत्रको गस्ती

चीनसँगको सीमा जोडिएको हिल्सा (हुम्ला)मा स्थापना भएको सीमा सुरक्षाचौकी (बिओपी)का सुरक्षाकर्मीले माइनस सात डिग्रीसम्मको तापक्रममा हिउँ छिचोल्दै सीमा क्षेत्रको गस्ती गर्नुपरेको छ । हिमपातपछि बन्द रहेको हिल्साको बाटोमा नियमित रूपमा हिल्सा बिओपीमा खटिएका सुरक्षाकर्मीले गस्ती गर्दै आउनुपरेको छ । केही दिन अगाडि परेको हिमपातले हिल्सा क्षेत्र सेताम्मे भएको सीमा सुरक्षाचौकीका इन्चार्ज सशस्त्र प्रहरी निरीक्षक सुरज…