ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा गरेको अभियोगमा विशेष अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । विशेष अदालतका अध्यक्ष प्रेमराज कार्की र न्यायाधीशहरु अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको इजलासले आइतबार बस्न्यातलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गरेको हो । विशेष अदालतमा प्रवक्ता पुष्पराज…