गृहमन्त्री रामबहादुर थापाले दार्चुलाको व्यास गाउँपालिका–१ छाङरुको गागामा स्थापित सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्मको उद्घाटन गरेका छन् । कालापानी क्षेत्रनजीकै स्थापित सशस्त्र प्रहरीको गुल्मको हेलिकप्टरमार्फत शुक्रबार (९ असोज) व्यास पुगेर उनले उद्घाटन गरेका हुन् । एकतर्फी रुपमा नेपाली भूमि भएर चीन जोड्ने गरी सडकको भारतले उद्घाटन गरेपछि नेपाल सरकारले व्यासमा सशस्त्र प्रहरी बल…