लकडाउन खुला गरेपछि नेपालमा कोरोना संक्रमणको दर निकै बढिरहेको छ । यस क्रममा पछिल्लो २४ घण्टामा थप ४ सय ६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफ्रिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले यससँगै नेपालभरमा कोरोना संक्रमितको संख्या २२ हजार २ सय १४ पुगेको जानकारी दिए ।…