लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका नेता जितेन्द्रप्रसाद सोनल मधेस प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन् । नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले उनलाई बुधबार (२९ असोज) मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । नयाँ नेतृत्वका लागि बुधबार दिउँसो ४ः०० बजेसम्म प्रदेश प्रमुख भण्डारीले समयसीमा तोकेकोमा बिहान कांग्रस एमाले बाहेकका ६ दलको…