वर्षापछिको पहिरोले कालीगण्डकी करिडोर सडक अवरुद्ध

बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण पहिरो जाँदा कालीगण्डकी करिडोर सडक अवरुद्ध बनेको छ । कालीगण्डकी करिडोर सडकको गुल्मीखण्डअन्तर्गत कालीगण्डकी गाउँपालिका-२ स्थित राक्से भन्ने स्थानमा सडक माथिबाट पहिरो खसेपछि गएरातिदेखि उक्त सडक पूर्ण रुपमा अवरुद्ध बनेको हो । सडक अवरुद्ध भएको जानकारी पाएपछि प्रहरीचौकी पुर्तीघाटबाट प्रहरी टोलीलाई बिहानै सडक सुचारुका लागि पहिरो गएको स्थानका खटाइएको…