नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय सचिवालयको बैठक आज (४ जेठ) बस्दैछ । अध्यक्ष केपी शर्मा ओलीको निवास भक्तपुरको गुण्डुमा दिउँसो १ः०० बजे बस्ने बैठकमा नेताहरुको कार्यविभाजन मुख्य एजेन्डा भएकाले सो पार्टीका केन्द्रीय कार्यालय सचिव डा. भीष्मराज अधिकारीले जानकारी दिएका छन् । यही जेठ २ गते बस्ने भनिएको बैठक तयारी नपुगेको भन्दै आजलाई सारिएको थियो ।…