भारतद्वारा नेपाली सेनालाई सहयोग

भारतीय सरकारले नेपाली सेनालाई केही थान सवारीसाधन, घोडा र विपद्पछिको घटनाको अनुसन्धानमा प्रयोग हुने कुकुर सहयोगस्वरुप उपलब्ध गराएको छ । नेपालको दुईदिने भ्रमणमा रहेका भारतीय विदेशसचिव विक्रम मिस्रीले सैनिक मुख्यालय जङ्गी अड्डामा आज (२ भदौ) आयोजित कार्यक्रममा ती सहयोग हस्तान्तरण गरेका हुन् । भारतबाट ६ थान सवारीसाधन, पाँच वटा घोडा र विस्फोटन तथा विपद्का घटनापछि…