हुलाक टिकटमा सरदार भीमबहादुर पाँडे

हुलाक सेवा विभागले सरदार भीमबहादुर पाँडेको तस्बीर अङ्कित हुलाक टिकट प्रकाशन गरेको छ । काठमाडौंमा आज (३ भदौ) हुलाक सेवा विभागद्वारा आयोजित सरदार भीमबहादुर पाँडेको हुलाक टिकटको प्रथम दिवसीय आवरणमा सञ्चार तथा सूचनाप्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले टाँचा लगाए । सो अवसरमा उनले विभागले देशभक्त र राष्ट्रसेवकको खोजी गर्दै हुलाक टिकटमा जीवन्त बनाउने अभियानमा लाग्नुपर्नेमा…