‘प्यालेस्टिनी पेले’ भनेर चिनिने प्यालेस्टिनी राष्ट्रिय टोलीका पूर्व खेलाडी सुलेमान अल-ओबेदको गाजा पट्टीमा इजरायली गोली लागेर मृत्यु भएको छ । प्यालेस्टिनी फुटबल सङ्घ (पिएफए)ले एक विज्ञप्तिमा भनेको छ, 'इजरायली सेनाले दक्षिणी गाजा पट्टीमा मानवीय सहायताका लागि पर्खिरहेका मानिसहरूलाई लक्षित गर्दा ४१ वर्षीय ओबेदको बुधबार मृत्यु भएको थियो ।' गाजा भोकमरीको सङ्कटमा परेको अवस्थामा, संयुक्त राष्ट्रसङ्घको…