कोशी प्रदेश सरकारको शुक्रबार (१६ साउन) साँझ बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेशको नाम ‘कोशी प्रदेश सरकार विराटनगर, नेपाल’ हुनेगरी संशोधन गर्ने निर्णय गरेको छ । प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले विगतमा रहेको ‘कोशी प्रदेश विराटनगर, नेपाल’लाई परिवर्तन गरी प्रदेशसभाले पास गरेको ऐनअनुसार नाम संशोधन गरी प्रदेश सरकारका सम्पूर्ण कार्यालयका ‘लेटरहेड’ र ‘साइनबेर्ड’मा सोहीअनुसार परिवर्तन गर्ने निर्णय गरिएको…