राष्ट्रिय एकता अभियान र एकीकृत समाजवादीबीच एकताको तयारी पूरा वामदेव गौतम नेतृत्वको नेकपा राष्ट्रिय एकता अभियानको अन्तिम केन्द्रीय कमिटी बैठकले माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)सँग एकता गर्ने निर्णय गरेको छ । अभियानका संयोजक गौतमको अध्यक्षतामा भैँसेपाटीमा बसेको बैठकले विगत चार वर्षको समीक्षा गर्दै आज (२ साउन) एकीकरण गर्ने निर्णय गरेको हो । एकताका लागि…