ओखलढुङ्गाको मोलुङ गाउँपालिका-६ श्रीचौर मङ्गलबारेकी ३२ वर्षिया हिरा तामाङले ओखलढुङ्गा सामुदायिक अस्पतालमा तिम्ल्याहा शिशुको जन्म दिएकी छन् । बिहीबार अस्पताल भर्ना हुनुभएकी तामाङले शुक्रबार (३० जेठ) बिहान तीन स्वस्थ शिशु जन्माएको अस्पतालका निर्देशक डा. रोशन खरेलले जानकारी दिए। निर्देशक खरेलका अनुसार डाक्टर रमिता कँडेल नेतृत्वको चिकित्सकको टोलीले शल्यक्रिया गरेका थिए । जन्मिएका तीनै छोरीमध्ये पहिलोको…