मुस्ताङ-काठमाडौं रात्रिकालीन बस सेवा सञ्चालन मुस्ताङ-काठमाडौं रात्रिकालीन ‘डिलक्स एसी’ बस सेवा सञ्चालनमा आएको छ । मुस्ताङ भ्रमण गर्ने पर्यटक तथा स्थानीय नागरिकका लागि मुस्ताङ-मुक्तिनाथ सेवा प्रालिले मुक्तिनाथदेखि काठमाडौंका लागि उक्त बससेवा सञ्चालनमा ल्याएको हो । मुस्ताङ मुक्तिनाथ प्रालिले यसअघि डिलक्स बस, जिप र इलेक्ट्रोनिक भ्यान (इभी) सञ्चालनमा ल्याइसकेको छ । जाडो तथा गर्मीमा आरामदायी यात्रा…