उत्तरी गाजाको बेइट लाहियामा भएको इजरायली आक्रमणमा ७३ जनाको मृत्यु भएको र धेरैजना भग्नावशेषमुनि पुरिएको आशङ्का गरिएको अल जजिराले जनाएको छ । उद्धार कार्य जारी रहँदा मृतकको सङ्ख्या बढ्ने अनुमान गरिएको गाजाको सरकारी मिडिया कार्यालयले उल्लेख गरेको छ । गाजा पट्टीको उत्तरमा खाद्यान्न, पानी र औषधि जस्ता आवश्यक सेवाको पहुँच विच्छेद गरेको १६ दिने इजरायली…