नेपालको मधेसको मेरो गाउँ… जहाँ कोशीको पानी बग्थ्यो, धानका खेतहरू हावासँगै लहरिन्थे, र साँझ पर्नासाथ गाउँमाथि एउटा अनौठो उदासी र मिठास मिसिएको शान्ति ओर्लिन्थ्यो । त्यो बेला न मोबाइल थियो, न टेलिभिजन हरेक घरमा पुगेको थियो । तर, कथा थिए । यस्ता कथा, जसको जन्म हामीबाट हजारौँ माइल टाढा भएको थियो, तर जो हाम्रो आफ्नै…