आफ्नो उत्पादनले उचित मूल्य नपाएको भन्दै किसानहरूले आज (३१ असार) काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् । भारतीय गोलभेडाको निर्बाध आयातका कारण स्वदेशी उत्पादनले मार खेप्नुपरेको नेपाली कृषकहरुको गुनासो छ । प्रदर्शनका क्रममा उनीहरुले गोलभेँडालगायतका तरकारी सडकमा फ्याँकेर राज्यप्रति असन्तुष्टि प्रकट गरेका थिए । किसानहरूले स्वदेशी कृषि उत्पादनको संरक्षण, बजारको सुनिश्चितता तथा बिचौलियाको नियन्त्रणको माग…