अमेरिकामा ‘हेलेन’ नामक आँधीका कारण पाँच राज्यमा कम्तिमा ६३ जनाको मृत्यु भएको छ । आँधीप्रभावित क्षेत्रमा बिजुली कटौती भएको छ । उद्धारकर्ताले विनाशकारी आँधीबाट बेपत्ता भएकाहरुको खोजी प्रयास जारी राखेका छन् । चौथो श्रेणीको आँधीको रूपमा गत बिहीबार फ्लोरिडामा अवतरण गरेको हेलेन बिस्तारै निष्क्रिय हुँदै उत्तरतर्फ बढेको थियो । अलाबामा, फ्लोरिडा, जर्जिया, नर्थ क्यारोलिना, साउथ…