पुरुषोत्तम सुवेदी, पश्चिम नवलपरासी नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) स्थित सुनवलमा रहेको लुम्बिनी चिनी उद्योगलाई पुन: सरकारीकरण गरी सञ्चालनमा ल्याउन स्थानीय र सरोकारवालाहरूले जोडदार माग गरेका छन् । मुलुकका रुग्ण उद्योगहरू ब्युँताउने बहस चलिरहेका बेला, कौडीको भाउमा निजीकरण गरिएको यो उद्योगलाई सरकारले फिर्ता लिनुपर्ने आवाज उठेको हो । चीन सरकारको सहयोगमा स्थापना भएको यो उद्योग २०६२ सालमा राजा ज्ञानेन्द्रको…