युक्रेनी ड्रोन आक्रमणलाई विफल पारेको रूसको दाबी

रूसले युक्रेनको राजधानी मस्कोसहित १५ क्षेत्रमा १५८ वटा ड्रोन खसालेर युक्रेनी ‘विशाल’ ड्रोन आक्रमणलाई विफल पारेको जनाएको छ । शहरनजिकै कोइलाबाट चल्ने एउटा पावर प्लान्ट र शहरको सीमाभित्र रहेको तेल प्रशोधन केन्द्रमा पनि आक्रमण भएको बताइएको छ। रुसी रक्षा मन्त्रालयले युक्रेनसँग सीमा जोडिएको कुस्र्क, ब्रायन्स्क, भोरोनिश र बेल्गोरोड क्षेत्रमा १२२ वटा ड्रोन खसालेको जनाएको छ…