बँदेल मारेको आरोपमा पूर्वडीआईजीसहित १० जना पक्राउ

शिकार गरेर बँदेल मारेको आरोपमा पूर्वडीआइजीसहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका-१ स्थित कोसी पलार क्षेत्रबाट मारिएको बँदेलसहित उनीसहित १० जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । नेपाल प्रहरीका अवकाशप्राप्त प्रहरी नायव महानिरीक्षक (डीआईजी) ज्ञानविक्रम शाह र नेपाल प्रहरीकै बहालवाला प्रहरी नायव निरीक्षक (सई) सञ्जय न्यौपानेसहित पक्राउ परेको प्रहरीको भनाइ…