भारतको राष्ट्रपतिमा द्रौपदी मुर्मु निर्वाचित

सर्वोच्च पदमा पुग्ने प्रथम आदिवासी नेतृ मुर्मु भारतको राष्ट्रपतिमा द्रौपदी मुर्मु निर्वाचित भएकी छन् । सत्तारुढ राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए)की उम्मेद्ववार मुर्मु बिहीबार राष्ट्रपतिमा विजयी भएकी हुन् । विजयसँगै उनी देशको सर्वोच्च पदमा पुग्ने प्रथम आदिवासी नेतृ बनेकी छिन् । यही १८ जुनमा राष्ट्रपति निर्वाचन भएको थियो । मुर्मुलाई ४४ राजनीतिक दलहरूले समर्थन जनाएका थिए…