वार्ताबाट युक्रेन युद्ध टुङ्ग्याउन प्रधानमन्त्री मोदीको सुझाव

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले युक्रेन द्वन्द्वको समाधान वार्ता र कूटनीतिक माध्यमबाट खोज्नुपर्नेमा जोड दिएका छन् । आर्थिकरूपमा सम्पन्न देशहरूको समूह (जी सेभेन)को बैठकमा प्रधानमन्त्री मोदीले यस्तो सुझाव पेस गरेका हुन् । ‘प्रधानमन्त्री मोदीले युक्रेन युद्धबारे भारतको अडान स्पष्ट गर्दै शत्रुताको तत्काल अन्त्य हुनुपर्ने र वार्ता र कूटनीतिको बाटो रोजेर समाधानमा पुग्नुपर्नेमा जोड दिएका’ भारतका विदेशसचिव…