दुई सय ८५ किलो गाँजासहित तीन जना पक्राउ

काभ्रेपलाञ्चोकको पनौतीबाट प्रहरीले ७३ बोरा गाँजासहित तीन जनालाई पक्राउ गरेको छ । पनौती नगरपालिका-५ आइटी पार्कस्थित पनौती-बनेपा सडकखण्डमा सोमबार बिहान सवारी जाँचका क्रममा प्लास्टिकका विभिन्न आकारका ७३ बोरामा दुई सय ८५ केजी गाँजासहित तीन जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा दुई पुरुष र एक महिला छन् । चौकीबाट खटिएको प्रहरी टोलीले सवारी जाँच गर्दा…