नेपाली राष्ट्रियता कमजोर र बाह्य हस्तक्षेप बलियो भयो, अब यसबाट मूक्ति खोजौं भनी अनुनय-विनय गर्दा देशसँग एकथान मोटरसाइकल, एउटा मरन्च्याँसे कार र एकप्रति रासनकार्ड साट्न आफूलाई तम्तयार राखिरहेको स्थितिमा हामी एकअर्कालाई देख्दैछौँ । ✍ देवप्रकाश त्रिपाठी राजनीतिमा मात्र ज्यादा प्रयोग हुने गरेको भएपनि समग्र मानव जीवनमा लागू हुने शब्द हो अग्रगमन ! र, प्रतिगमन पनि…