जेललाई सुधारगृह बनाउनुपर्छ : गृहमन्त्री श्रेष्ठ

उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले जेललाई सुधारगृह बनाउनुपर्ने धारणा राख्नुभएको छ । आइतबार सर्लाहीमा कारागार भवन उद्घाटन गर्दै उहाँले जेललाई सुधारगृह बनाउनुपर्ने भन्दै कैदीबन्दीले विगतमा जस्तोसुकै अपराध गरे पनि उनीहरूलाई कुण्ठित बनाउने र उनीहरूको मानवीय जीवनलाई कष्ट हुन दिन नहुनेमा जोड दिनुभयो । उहाँले कैदीबन्दीका लागि जेलभित्र ध्यान शिविर सञ्चालन गरिँदै आएको बताउनुभयो । उपप्रधानमन्त्री…