निर्वाचनमा ‘प्यानल’ बनाउने कांग्रेसका दुवै समूहको तयारी

पार्टीको केन्द्रीय सभापतिमा पुनः उम्मेदवारी दिने तयारी गरिरहनुभएका प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महाधिवेशनको तयारीका लागि छलफल गर्न आफ्नो समूहका नेताहरुको बैठक बोलाउनुभएको छ । आज बिहान आफ्नो निजी निवास बूढानीलकण्ठमा बोलाइएको बैठकमा महाधिवेशनको तयारीका अलावा महाधिवेशनमा आफ्नो समूहबाट खडा गर्ने पदाधिकारीहरुको उम्मेदवारी सम्बन्धमा छलफल गर्ने सभापति देउवाको तयारी रहेको बताइएको छ ।…