मापसेवन गरेर एम्बुलेन्स चलाउने चालक प्रहरी नियन्त्रणमा

मोरङमा मादक पदार्थ सेवन गरेर एम्बुलेन्स चलाउने चालक फेला परेका छन् । बिरामी बोक्ने अति संवेदनशील साधन एम्बुलेन्स चलाउँदा पनि मादक पदार्थ सेवन गर्ने चालकहरू प्रहरी नियन्त्रणमा आएका छन् । मोरङ प्रहरीका प्रवक्ता रञ्जनकुमार दाहालका अनुसार प्र१–०२–००२ च ४६८४ नम्बरको एम्बुलेन्स चालक सुनसरीको दुहवी-४ का २८ वर्षीय सुनिल राजबंशीले मादक पदार्थ सेवन गरी एम्बुलेन्स चलाएको…