दुई सय दश दिनपछि शुक्लाफाँटा आरक्ष विस्थापितको अनशन अन्त्य

नवनिर्वाचित सांसद बोहराको प्रतिवद्धता पूरा होला ? कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज विस्तारका क्रममा विस्थापित परिवारले पुनःस्थापनाको माग राख्दै २१० दिनअघि सुरु गरेको अनशन आज (२५ फागुन) अन्त्य गरेका छन् । नवनिर्वाचित प्रतिनिधिसभा सदस्य दीपकराज बोहराको उपस्थितिमा विस्थापित परिवारले अनशन तोडेका हुन् । कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर-२ बाट निर्वाचित बोहराले विस्थापित परिवारको स्थायी बसोबासको समस्या समाधानका…