नेप्सेमा पुनः दोहोरो अङ्कको गिरावट

धितोपत्र बजारमा शेयर कारोबारमापक नेप्से परिसूचक दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार मंगलबार कारोबार मापक नेप्से परिसूचक १८.५४ बिन्दुले ओरालो लागेर दुई हजार ९२९.२८ मा ओर्लिएको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक ३.२१ बिन्दुले ओरालो लागेर ५४५.६६ मा ओर्लिएको छ । नेप्सेसँगै कारोबार रकमसमेत घटेको छ ।…