प्रदेश नं. १ का मुख्यमन्त्री राईको राजीनामा लगत्तै भीम आचार्य मुख्यमन्त्री नियुक्त

प्रदेश नम्बर १ को मुख्यमन्त्रीमा एमाले नेता तथा सांसद भीम आचार्य नियुक्त भएका छन् । आज (बिहीबार) मुख्यमन्त्री शेरधन राईले राजीनामा दिएलगत्तै आचार्य संसदीय दलको नेतामा सर्वसम्मतबाट चयन भएका थिए । मुख्यमन्त्री राईको राजीनामा प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले तत्कालै स्वीकृत गरेका थिए । त्यसपछि आचार्यलाई संसदीय दलको नेता बनाएर मुख्यमन्त्रीको शपथ दिलाइएको हो ।…