‘सम्पदा पुनःनिर्माण र जीर्णोद्धारमा भारतीय सरकारको सहयोग अतुलनीय’

ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले भूकम्पले क्षति पुऱ्याएको नेपालको सम्पदा पुनःनिर्माण र जीर्णोद्धारमा भारतीय सरकारबाट भएको सहयोग अतुलनीय रहेको बताउनुभएको छ । ललितपुर महानगरपालिका-११ इखाछेंमा अवस्थित पुनःनिर्मित नापिचन्द्र विहारको समुद्घाटन समारोहमा उहाँले भन्नुभयो, 'यहाँको मूर्त तथा अमूर्त सम्पदा संरक्षण गर्दै दीर्घकालसम्म जीवित राख्न भारतीय सरकारले गरेको सहयोग अतुलनीय छ । यसरी पुऱ्याएको सहयोगप्रति धन्यवाद ज्ञापन…