कुटनीतिक ढङ्गले समस्या निराकणको प्रयास नगरी काइते कुरा गरेर तत्कालका लागि उम्कने स्वभावका निम्ति सर्वपरिचित पात्र प्रचण्डले 'नक्सा प्रकरण'मा मुलुकको कार्यकारी प्रमुखको हैसियतले दर्शाउनुपर्ने साहस देखाउलान् भन्ने अपेक्षा गरिएको छैन । प्रधानमन्त्रीले लावालस्करका साथ गर्न लागेको अमेरिकादेखि चीनसम्मको यात्रा ढुकुटीको धनमा धावा बोल्नुमात्र हो, यो भ्रमण हर कोणबाट निरर्थक तथा उपलब्धिविहीन हुने निश्चितप्रायः छ ।…