संवैधानिक इजलासप्रति आपत्ति, प्रधानन्यायाधीशले दिए चेतावनी

संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटन र संविधानको धारा ७६ को उपधारा ५ बमोजिम सरकार गठनका सन्दर्भमा परेका रिट निवेदनमाथिको सुनुवाइ गर्न गठित इजलासप्रति पुनः प्रश्न उठेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराद्वारा आइतबार गठित संवैधानिक इजलासप्रति महान्यायाधिवक्ता रमेश बडालले आपत्ति जनाएका हुन् । संवैधानिक इजलासमा सुनुवाइ शुरू हुनेबित्तिकै महान्यायाधिवक्ता बडालले प्रश्न गरे, “दुई जना न्यायाधीशलाई किन हटाइयो…