मोफसलको पुरानो र प्रतिष्ठित राष्ट्रिय तथा अन्तरराष्ट्रिय आमन्त्रित आहा रारा पोखरा गोल्डकपको २५औँ संस्करणको उपाधि आयोजक सहारा क्लब पोखराले जितेको छ । पोखरा रङ्गशालामा शनिबार (९ फगुन) सम्पन्न फाइनल खेलमा जावलाखेल युथ क्लबलाई २–० गोलले हराउँदै सहाराले १२ वर्षपछि उपाधि चुम्यो । च्याम्पियन बनेको सहाराले ट्रफीसहित रु १४ लाख एक हजार पुरस्कार पाउँदा उपविजेता जावलाखेलले…