दोर्दीमा जलविद्युत आयोजना बनेसँगै सयौँले पाए रोजगारी

दोर्दी खोलामा जलविद्युत् आयोजना निर्माणको क्रमसँगै यस क्षेत्रका अधिकांश युवाले रोजगारी पाएका छन् । सीप भएका र सीप नभएका दुवैथरीका युवाहरू यी आयोजनामा रोजगार छन् । आफ्नै दैलोमा रोजगारी पाउने भएपछि खाडीलगायतका धेरै मुलुकमा गएका युवाहरू गाउँ फर्किएका छन् । सुपरदोर्दी ‘ख’ले निर्माण गरेको ५४ मेगावाट क्षमताको आयोजनाले प्रभावित क्षेत्रका ६० जनाभन्दा बढीलाई रोजगारी दिएको…