प्रथम सहकारी रोजगार मेला-२०८१ शुक्रबार (७ असार) देखि हुने भएको छ । असार ७ देखि ९ गतेसम्म प्रथम सहकारी रोजगार मेला सञ्चालन हुन लागेको राष्ट्रिय सहकारी महासङ्घले जानकारी दिएको हो । महासङ्घकी अध्यक्ष ओमदेवी मल्लले सहकारीमार्फत युवालाई स्वदेशमै रोजगारी सिर्जना गर्ने उद्देश्यका साथ मेला आयोजना गर्न लागिएको जानकारी दिँदै दिनप्रतिदिन युवाहरू विदेश जानुपर्ने परिस्थिति अन्त्य…